पोखरा, २२ माघ । प्रदेश नम्बर ४ को प्रदेशसभाको पहिलो बैठक सुरु भएको छ ।
प्रदेश नम्बर ४ को अस्थायी मुकाम पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रमा प्रदेशसभाको बैठक बसेको हो । बैठकको अध्यक्षता जेष्ठ सदस्य जनकलाल श्रेष्ठले गरेका छन् ।
आजको बैठकले आन्तरिक कार्यविधि पारित गर्ने र सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम छ । बैठकमा प्रत्येक ठूला दलबाट ३-३ जना र साना दलबाट १ -१ जना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम तय गरिएको छ । बैठक करिब एक घण्टा १५ मिनेट चल्ने अनुमान गरिएको छ ।
यस प्रदेशमा ११ जिल्लाबाट ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद छन् । नेकपा (एमाले)का २७, नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद छन् ।