राजावादीको आन्दोलन मत्थर भएपछि प्रशासनले हटायाे निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

राजावादीको आन्दोलन मत्थर भएपछि प्रशासनले हटायाे निषेधाज्ञा

काठमाडाैं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले राजावादीहरूको आन्दोलन मत्थर भएपछि चक्रपथभित्र र अन्य सार्वजनिक स्थानमा लगाएको निषेधाज्ञा हटाएको छ ।

जेठ १८ गते जारी गरेको निषेधाज्ञा आदेश खारेज गर्दै काठमाडौं जिल्ला प्रशासनले भेला, जुलुस, धर्ना र प्रदर्शनमा लगाइएको प्रतिबन्ध हटाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीको हस्ताक्षर सहितको सूचनामा निषेध आदेश खारेज गरिएको जानकारी दिइएको हो। राजावादीहरूको आन्दोलन मत्थर भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा हटाएको हो ।

यसअघि आन्दोलनलाई लक्षित गर्दै विभिन्न सार्वजनिक स्थानमा भेला, जुलुस, धर्ना र प्रदर्शन गर्न लगाएको प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply