कोसीमा डुबेका सशस्त्रका हरदेव राजवंशी गोताखोरकै प्रशिक्षक थिए | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

कोसीमा डुबेका सशस्त्रका हरदेव राजवंशी गोताखोरकै प्रशिक्षक थिए

जेठ २३ शुक्रबार ।
सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपदमा परेकाहरूलाई उद्धार गर्नका लागि अभ्यासका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी बलका सिपाही हरदेव राजवंशी डिजास्टर म्यानेमेन्ट प्रशिक्षकसमेत हुन् । तर, बुधबार उनको सप्तरीस्थि सप्तकोसीका डुबेर मृत्यु भयो ।उनको शव शुक्रबार बिहानमात्रै फेला परेको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ताका अनुसार, राजवंशीले स्पेसल टास्क फोर्ससहित अन्य तीनवटा विशेष तालिमसमेत गरेका थिए ।सशस्त्र प्रहरी बलका जवानमध्ये थोरैले गर्ने तालिम राजवंशीले गरेका थिए । यसरी नै अर्का बेपत्ता सिपाही सुरज साउदलेसमेत एक वर्षअघि नै गोताखोर तालिम गरेका थिए । यसअघि, त्रिशूली, सप्तकोसी र पोखराको फेवातालमा समेत उनीहरूले पटकपटक तालिम गरेका थिए ।
दुवैजना तालिमप्राप्त गोताखोर कसरी बेपत्ता भए भन्नेबारे अध्ययन भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । साउदको खोजीकार्य अझै जारी छ ।
अभ्यासका क्रममा तालिमप्राप्त सिपाहीको मृत्युपछि घटनाको जानकारी लिन शुक्रबार बिहान गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी मुख्यालय हलचोक पुगेका थिए ।

Leave a Reply