राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश

जेठ ०९ शुक्रबार ।
नवनियुक्त नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेलको गर्भनर नियुक्तिका लागि योग्यता नपुगेको अयोग्य व्यक्ति भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

अधिवक्ता अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले नेपाल राष्ट्र बैंक ऐनको व्यवस्था विपरित राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा गर्भनर नियुक्त गरिएको भन्दै रिट पेस भएको हो ।
उक्त रिट निवेदन अध्ययनको क्रममा रहेकाले दर्ताको प्रक्रियामा रहेको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सह–रजिष्ट्रार अच्युत कुइकेलले जानकारी दिए ।

उनका अनुसार नेपाल राष्ट्र बैंकको गर्भनर हुनका लागि योग्यता नभएको र नियुक्ति बदर भएको माग राख्दै सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन पेस भएको हो ।केहि दिन अघि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पौडेललाई सरकारले गभर्नर नियुक्त गरेको थियो ।

 

Leave a Reply