रास्वपा सभापति रविको रिटमाथिको बहस आज पनि जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

रास्वपा सभापति रविको रिटमाथिको बहस आज पनि जारी

२०८२,२,७

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथिको बहस आज पनि जारी रहनेछ बताईएको छ। ६ पटकसम्म हेर्न नमिल्ने सूचीमा परेको उक्त रिटमाथिको बहस मंगलबार शुरु भएकामा नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । लामिछानेका तर्फका कानून व्यवसायीले मंगलबार नै बहस सके पनि एकै मुद्दामा कारागारमा रहेका पूर्व डीआईजी छविलाल जोशीका तर्फबाट कानून व्यवसायीले आज मात्रै बहस पैरवी गर्ने जनाइएको छ ।

बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ। त्यसपछि अदालतले भ्याएसम्म बुधबार नै आदेश सुनाउने सम्भावना छ, जसले रवि लामिछाने र छविलाल जोशीलाई थुनामै पठाउने वा मुक्त गरी बाहिरबाटै मुद्दा लड्न पाउने आदेश गर्नेछ। लामिछानेका तर्फबाट उहाँकी पत्नी निकिता पौडेलले ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्नुुभएको थियो ।

सहकारीको रकम ठगी गरेको अभियोगमा रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि श्रीमती पौडेल सर्वोच्च पुगेकी हुन् । हाल लामिछाने र जोशी रूपन्देही कारागारमा छन्।

Leave a Reply

ताजा समाचार

Test Post Created

१ घन्टा अघि

test123123

१० घन्टा अघि

test123123

१० घन्टा अघि