कांग्रेस–कम्युनिष्ट व्यवस्था र संविधानप्रति प्रतिबद्ध नहुँदा गणतन्त्रमाथि प्रहार भयो’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

कांग्रेस–कम्युनिष्ट व्यवस्था र संविधानप्रति प्रतिबद्ध नहुँदा गणतन्त्रमाथि प्रहार भयो’

२०८१,१२,१८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस–कम्युनिष्टहरुको व्यवस्था र संविधानप्रति प्रतिबद्धता नदेखिएका कारण व्यवस्थामाथि प्रहार भइरहेको आरोप लगाएका छन्। सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले कांग्रेस(नेकपा एमालेलगायत कम्युनिष्ट पार्टीहरुमाथि यस्तो आरोप लगाउँदै नेपालको संविधान, २०७२ त्रुटीपूर्ण रहेको भन्दै पुनर्लेखन गर्नुपर्ने समेत बताएका छन्।

उनले नेपाली कांग्रेस–कम्युनिष्टहरुको व्यवस्था र संविधानप्रति प्रतिबद्धता नदेखिएका कारण व्यवस्थामाथि प्रहार भइरहेको आरोप लगाउँदै आफैँले ल्याएको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरी टिक्छ भन्दै प्रश्न गरेका छन । सरकारले बलियो भएर मुलुकमा सुशासन कायम गर्न सकेमात्र व्यवस्था सुदृढ हुने उनको भनाइ छ। संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा उनको जोड छ।

Leave a Reply