सरकारले देशको हितका लागि अध्यादेश ल्याएको हो, प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

सरकारले देशको हितका लागि अध्यादेश ल्याएको हो, प्रधानमन्त्री ओली

२०८१,१०,२६

प्रधानमन्त्री केपी शर्मा ओलीले कानून कार्यान्वयनको ढिलासुस्ती हटाएर छिटो बनाउन र सरकारले आफ्नो हितका लागि नभएर देशको हितका लागि अध्यादेश ल्याएको दावी गरेका छन्। शनिवार काठमाडौँमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशको विकास‚ शान्ति सुरक्षा र अमन चैनका लागि अध्यादेश ल्याएको दावी गरेका हुन्।

उनले ६ वटा अध्यादेशले २९ वटा कानून संशोधन गर्ने बताए। उनले कानूनका कमी, कानून कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनता दुःखी भइरहेको उल्लेख गरे। उनले कानून कार्यान्वयनको उल्झनका कारण नागरिकमा वितृष्णा पैदा हुने गरेको बताए। उनले कानूनका जटिलता र कानून कार्यान्वयनका ढिलासुस्ती तथा उल्झन हटाउन अध्यादेश ल्याइएको बताए। देशको हित, विकास, शान्ति सुरक्षा, अमन चयनका लागि अध्यादेश ल्याइएको उनको भनाइ थियो।

‘अहिले सामाजिक सञ्जालबाट हुने अपराध, साइबर क्राइम जस्तो अपराध, अरु विभिन्न प्रकारका ट्राफिकिङका अपराध, ड्रग्स बहुत भयावह ढंगले बढेको छ। कानून कार्यान्वयनका ढिलासुस्तीलगायत अनेक उल्झनहरु पनि हामीले हटाउनु पर्छ। त्यसै कारण २९ वटा कानून संशोधन गर्ने ६ वटा अध्यादेश हामीले ल्याएका छौँ। यो सरकारले आफ्नो हितका लागि होइन, देशको हित, विकासका लागि, देशको शान्ति सुरक्षा, अमन चयनका लागि ल्याएको प्रधानमन्त्री ओलीको भनाई छ । ’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);