अफगानिस्तानको ७० प्रतिशत भू–भागमा तालिवान सक्रिय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अफगानिस्तानको ७० प्रतिशत भू–भागमा तालिवान सक्रिय

एजेन्सी, १७ माघ  । अफगानिस्तानको ७० प्रतिशत भन्दा बढी भू–भागमा बिद्रोही संगठन तालिवान पूर्ण रुपमा सक्रिय रहेको एक अध्ययनले देखाएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिवानलाई परास्त गर्न करोडौं डलर खर्च गरेपनि सफल नभएको अध्ययनले देखाएको छ ।

सन् २०१४ मा विदेशी सैन्य फौजले अफगानिस्तान छोडेपछि तालिवानको खतरा तथा विभिन्न भू–भागमा नियन्त्रण बढेको जनाइएको छ । अफगान सरकारले भने मुलुकको अधिकांश भू–भाग आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ ।

अध्ययनअनुसार कूल जनसंख्याको आधा मानिस तालिवानको नियन्त्रणमा रहेको वा पूर्ण सक्रिय रहेको स्थानमा बसोबास गरिरहेका छन् ।अफगानिस्तानका १४ जिल्ला तालिवानको पूर्ण नियन्त्रणमा छ । यस्तै, २ सय ६४ वटा जिल्लामा तालिवान खुल्ला रुपमा सक्रिय रहेको पाइएको बीबीसीले जनाएको छ ।

तालेवानको मुख्य निशानामा राजधानी तथा प्रमुख शहरहरु पर्ने गरेको अध्ययनमा जनाइएको छ । यसैबीच अफगान अधिकारी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँग वार्ताको कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);