नेकपा एसमा समाहित हुने भए वामदेव | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

नेकपा एसमा समाहित हुने भए वामदेव

२०८१,९,१७

एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादी नेकपा ९एस० मा मिसिने भएका छन्। एकता प्रयासका लागि दुवै पक्षबीच आज भएको वार्ता सहमति नजिक पुगेको बताइएको छ।नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय एकता अभियानका नेताहरूबीच पार्टी एकताका सन्दर्भमा छलफल भएको छ। अभियानका तर्फबाट एकतामा समाहित हुने नेताहरूको जिम्मेवारीका सन्दर्भमा छलफल भएको हो।गौतमका अनुसार छलफल सहमतिनजिक पुगेको छ। आज भएका छलफल र जुटेका सहमतिका बारेमा आफूले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको बैठक बोलाइने र त्यसबाट अनुमोदन गरेपछि बाँकी काम सम्पन्न गर्ने उनले बताए।

नेता गौतम नेकपा एसमा समाहित हुने विषयमा विगतदेखि नै विभिन्न प्रयासहरू हुँदै आएका थिए। केही दिन अघि पनि माधव नेपाल र वामदेव गौतमबीच पार्टी कार्यालय आलोकनगरमा वार्ता भएको थियो।

Leave a Reply

ताजा समाचार