राज्यलाई निरन्तर खबरदारी गर्ने आन्दोलन पत्रकारिता हो,जनार्दन शर्मा | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

राज्यलाई निरन्तर खबरदारी गर्ने आन्दोलन पत्रकारिता हो,जनार्दन शर्मा

२०८१,९,८

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताएका छन्।सोमवार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले पत्रकारिता एउटा अनवरत आन्दोलन भएको बताएका हुन्।

उनले पत्रकार महासंघले ६५ वर्षको इतिहासमा जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रता विस्तारमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले पत्रकारिता क्षेत्रले समाज र लोकतन्त्रलाई गति दिएको बताए। ६५ वर्षको इतिहासमा पत्रकार महासंघले जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको विस्तारमात्र होइन सूचना तथा सञ्चार संप्रेषणले स्थान पनि पाएको छ। पत्रकार जगतले सरकारलाई सही बाटोमा लाग्नको लागि खबरदारी गरेको छ‚’ उनले भने, ‘यो एउटा नरोकिने निरन्तर आन्दोलन हो जस्तो लाग्छ मलाई। लोकतन्त्रको रक्षाका लागि समेत यो एउटा नरोकिने आन्दोलन हो‚ निरन्तर चलिरहन्छसमाजको आत्माको रुपमा काम गरेको छ ।’

उनले सञ्चार क्षेत्रलाई आग्रह र पूर्वाग्रहमा हेर्नु वा आफ्नो स्वार्थमा प्रयोग गर्नु सञ्चारप्रतिको इमानदारिता नभएको बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);