प्रधानमन्त्री ओलीले दिए राष्ट्रसंघसहित विश्व समुदायलाई धन्यवाद | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले दिए राष्ट्रसंघसहित विश्व समुदायलाई धन्यवाद

२०८१,०६,११
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ति प्रक्रिया पूरा गर्ने चरणमा रहेको भन्दै यहाँसम्म सहयोगका लागिराष्ट्रसंघसहित विश्व समुदायलाई धन्यवाद दिनु दिएका छन ।सयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लामो संक्रमणकालपछि द्वन्द्वबाट अघि बढेर शान्ति प्रक्रिया पूरा गर्ने चरणमा रहेको भन्दै यहाँसम्म सहयोगका लागि राष्ट्रसंघसहित विश्व समुदायलाई धन्यवाद दिएका हुुन । प्रधानमन्त्री ओलीले अब पीडितलाई न्याय दिलाएरै संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री ओलीले द्वन्द्वबाट उदाएको राष्ट्रका रूपमा नेपालले शान्ति र राजनीतिक स्थिरताको गहिरो मूल्य बुझेको उल्लेख गरे । बृहत् शान्ति सम्झौताको लामो समयपछि शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने चरण रहेको भन्दै ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट पारित भएर कार्यान्वयनमा गएको र अब सत्य र न्यायसहित पीडितको अधिकारलाई कायम गर्दै कानुन कार्यान्वयन गरेर यसलाई टुंगोमा पु¥याउने प्रतिबद्धता जनाए।

हाल दुई ठूला राजनीतिक दलको सहकार्यमा सरकार बनेको भन्दै यो सरकारले समावेशी र आर्थिक रुपान्तरणको अभियानमा स्थायित्व कायम गर्ने प्रयास गरिरहेको पनि ओलीले महासभामा जानकारी गराए । उनले नेपाल सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको बताए । ओलीले विश्वका विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनु परेको र जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने माग पनि गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);