लेबनानमा सञ्चार उपकरण विस्फोटको घटनाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

लेबनानमा सञ्चार उपकरण विस्फोटको घटनाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

२०८१,६,५
संयुक्त राष्ट्रसङ्घले लेबनानमा हिजबुल्लाहले प्रयोग गर्ने पेजर र वाकी–टकी विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ । सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कले नागरिकमा आतङ्क फैलाउने उद्देश्यले हिंसा गर्नु युद्ध अपराध भएको बताउनुभएको बीबीसीले जनाएको छ ।लेबनानमा सञ्चार उपकरण विस्फोट भएको विषयमा छलफल गर्न अल्जेरियाको अनुरोधमा सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको हो ।

मङ्गलवार र बुधवार हिजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरण विस्फोट हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको थियो ।झण्डै तीन हजार जना घाइते भएका थिए । पेजर र वाकी–टकी विस्फोट हुँदा केही प्रयोगकर्ताहरू सुपरमार्केटमा किनमेल गरिरहेका थिए । कोही सडकमा हिँडिरहेका थिए । लगातारको विस्फोटको लहरले देश नै आतङ्कित भएको थियो । उच्चायुक्त टर्कले घटनाको स्वतन्त्र र पारदर्शी अनुसन्धानका लागि आह्वान गर्नुभएको छ ।

लेबनानी अधिकारीले आक्रमणका लागि इजरायललाई दोष दिएका छन् । लक्षित सञ्चार उपकरणहरूमा देशमा प्रवेश गर्नु अघि नै विस्फोटक वस्तु जडान गरेको लेबनानको दाबी छ । इजरायलले उपकरण विस्फोटबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);