मनसुन न्यून चापीय रेखा आजदेखि क्रमिक रुपमा दक्षिणतिर सर्दै जाने, योसंगै मनसुनको सक्रियतामा कमी | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

मनसुन न्यून चापीय रेखा आजदेखि क्रमिक रुपमा दक्षिणतिर सर्दै जाने, योसंगै मनसुनको सक्रियतामा कमी

मौसम पूर्वानुमान महाशाखाले आजदेखि भने शनिबार र आइतबारको तुलनामा कम पानी पर्ने जनाएको छ ।

महाशाखाले आजदेखि न्यून चापिय रेखा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी हुने बताएको हो ।

आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक, दुई स्थानमा अति भारी वर्षा भयो ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचनामा त्यस क्षेत्रका वासिन्दालाई आगामि दिनमा पनि सतर्क रहन भनिएको छ ।

विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले आजसम्मै सुदूरपश्चिमका एक दुई स्थानमा अति भारी वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस्तै कर्णालीमा पनि उत्तिकै वर्षाको सम्भावनाको छ । देशभर नै बदली भई वर्षा भने जारी रहने जनाइएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);