मौसममा सुधार, तर वर्षाको सम्भावना कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मौसममा सुधार, तर वर्षाको सम्भावना कायमै

काठमाडाैं । मंगलबार बिहानदेखि मौसममा सुधार आएको छ । चार दिनको झरी पश्चात सोमबारबाट मौसममा केही आउन थालेकोमा मंगलबार थप सुधार भएको छ ।

नेपालको तराई भूभागमा केन्द्रित मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सरेसँगै नेपालमा मौसममा सुधार आएको हो । यद्यपि, बर्खायाम भएकाले वर्षाको सम्भावना कायमै रहने पनि तत्काल झरीको सम्भावना टरेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

मंगलबार दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिमका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

मंगलबार राति बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बुधबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षा हुने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);