फिफा विश्वकप २०२६ अन्तर्गत छनोट खेलमा नेपालले युएईको सामना गर्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

फिफा विश्वकप २०२६ अन्तर्गत छनोट खेलमा नेपालले युएईको सामना गर्दै

फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज युएईको सामना गर्दैछ ।

साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका पौने १० बजे सुरु हुनेछ ।

एसियाली फुटबल महासंघ एएफसीले दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य ठहर गरेपछि दुवै खेल तटस्थ मैदान साउदी अरबमा खेल्ने‌ भएको‌ हो ।

नेपालले खेल आयोजना गर्न नसक्ने भएपछि साउदी अरबले नेपालको यस खेल आयोजना गर्न स्वीकार गरेको हो ।

नेपाल र यमन बीचको खेल पनि यही स्टेडियममा हुँदैछ । समूह ‘एच’ मा नेपालले यसअघि चारै खेलमा पराजय भोगेको छ । नेपाल युएईसँग ४–० र यमनसँग २–० ले पराजित भइसकेको छ ।]

त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले गुमाइसकेको छ । अन्तिम दुई खेल खेल्ने टोलीमा पछिल्लो समय फुटबल टोलीबाट बाहिर रहेका युवा फरवार्ड आयुष घलान समेत टोलीमा फर्किएका छन् ।

प्रारम्भिक टोलीमा नरहेपनि उनी अन्तिम टोलीमा भने समावेश भएका छन् । यस्तै नेपाल पुलिस क्लबका आशिष राई पनि टोलीमा परेका छन् चोटकै कारण फरवार्ड अन्जन विष्ट पनि टोलीमा छैनन् । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);