स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेसँगै प्रक्रिया थालिएको छ ।
बलात्कारको मुद्दामा विशेष अदालतबाट सपाइ पाएसँगै नेपाल क्रिकेट संघ क्यान ले निलम्बन फुकुवा गरेर सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो ।
आईसीसी टी–२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानले जनाएको छ । आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।
नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईले निर्णय गर्ने क्यानले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीपले उच्च अदालत, पाटनबाट बुधबार सफाइ पाएका हुन् ।
मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको उनलाई निर्दाेष ठहर गरेको हो ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दिपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला बदर भएको हो । ००