गण्डकीमा एमाले र लुम्बिनीमा माओवादीको बन्यो सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

गण्डकीमा एमाले र लुम्बिनीमा माओवादीको बन्यो सरकार

काठमाडौं,२६ चैत्र । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको शपथ लिनु भएको छ । मुख्यमन्त्री अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनियताको शपथ गराउनु भएको हो ।
मुख्‍यमन्त्रीसँगै माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेले पनि मन्त्री पदको शपथ लिनु भएको छ ।

यसअघि आइतबारै गण्डकी प्रदेश, एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो । । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल समेतको समर्थन लिएर दाबी पेश गर्नुृभएको हो । नियुक्तिविरुद्ध कांग्रेसले सर्वाेच्च अदालतमा जाने तयारी गरेको छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेश गर्ने समय दिनु भएको थियो ।

अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन प्रदेश प्रमुखलाई बुझाइएको थियो ६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक सांसद छन् । यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन्

Leave a Reply