अमेरिकाको बारमा गोली चल्यो,सुरक्षा गार्डसहित २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

अमेरिकाको बारमा गोली चल्यो,सुरक्षा गार्डसहित २ जनाको मृत्यु

काठमाडौं,२५ चैत्र । अमेरिकाको मियामीको एक बारमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

फ्लोरिडाको डोरलस्थित सिटीप्लेस डोरल मलको मार्टिनी बारमा शनिबार बिहान करिब ३ः३० बजे उक्त घटना सार्वजनिक भएको हो । एक सुरक्षा गार्डले यस विषयमा हस्तक्षेप गर्दा अज्ञात व्यक्तिले गोली हानेर उनको मृत्यु भएको प्रहरी अधिकारीले बताए।

त्यहाँ उपस्थित दुई प्रहरी अधिकारीहरूले जवाफी फायरिङ गरे, आक्रमणकारी मारिए। डोरल प्रहरी प्रमुख एडविन लोपेजले एक अधिकारीको खुट्टामा गोली लागेको बताए । गोलीबारीका क्रममा एक महिलासहित नजिकै रहेका ६ जनालाई गोली लागेको थियो ।

फ्लोरिडा कानून प्रवर्तन विभागले गोलीबारीको अनुसन्धान गरिरहेको छ । अन्वेषकहरूले शनिबार भने कि उनीहरूले झगडा किन सुरु भयो भनेर अझै पत्ता लगाउन सकेनन् । अधिकारीहरूले शनिबार पनि त्यहाँ उपस्थित मानिसहरूसँग सोधपुछ जारी राखे । मलका केही भागहरू घेरा हालेर प्रमाणहरू सङ्कलन गरिएको थियो। मारिएका सुरक्षा गार्डको सनाखत हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);