पुस मसान्तसम्म कतिले लिए एनओसी ? | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८१, आइतबार

पुस मसान्तसम्म कतिले लिए एनओसी ?

काठमाडौं,१७ माघ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५१ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा मन्त्रालयको एनओसी शाखाको तथ्यांक अनुसार १ साउनदेखि पुस मसान्तसम्म ५१ हजार ६३७ जनाले एनओसी लिएका छन् ।

शाखाका अनुसार क्यानडाको लागि सबैभन्दा धेरै १२ हजार ७५ एनओसी लिएका छन् । त्यसपछि अष्ट्रेलियाको लागि ९ हजार ७ सय ८७ जनाले, जापानको लागि ८ हजार ५ सय ६७ जनाले, युकेको लागि ६ हजार ६ सय ८७ जनाले अमेरिकाको लागि ५ हजार ३ सय १८ जनाले, दक्षिण कोरियाको लागि २ हजार ३ सय ७२ जनाले, भारतको लागि एक हजार ३ सय १२ जनाले एनओसी लिएका छन् ।

शाखाको विवरण अनुसार विभिन्न ५८ देशमा अध्ययन गर्न जानको लागि विद्यार्थीले एनओसी लिएका छन् । शाखा प्रमुख शान्तिराम पौडेलका अनुसार औषतमा दैनिक ५ सय जनाले एनओसीको लागि अनलाइन आवेदन दिने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);