हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश

काठमाडौं, १३ कात्तिक । उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक करिब २ सय बढीले नो अब्जेक्सन लेटर (एनओसी) लिने गरेका छन् ।

नेपालमा उच्च शिक्षाको भविष्य राम्रो भए तापनि पढाइसँगै कमाइ गर्ने योजनाअनुसार अधिकांश विद्यार्थी माध्यमिक शिक्षा (कक्षा १२) उत्तीर्ण हुनासाथ विदेशिने गरेका छन् । शाखा प्रमुख उपसचिव देवका ढकालका अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्मको तथ्यांक अध्ययन गर्दा प्रत्येक महिना करिब १० हजारको संख्यामा विद्यार्थीले एनओसी लेटर लिने गरेका छन् ।

असारमा ११ हजार २ सय १७, साउनमा १० हजार १ सय ८२ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । भदौ र असोजमा मासिक करिब १० हजारले एनओसी लेटर लिएका छन् । तथ्यांकअनुसार वार्षिक करिब १ लाख १० हजार विद्यार्थीले एनओसी लेटर लिने गरेका छन् ।

एनओसी लिएका अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न विदेशिने गरेका छन् । नेपाली विद्यार्थीहरू अस्ट्रेलिया, अमेरिका, स्विजरल्यान्ड, बेलायत, जापान, जर्मन, साइप्रस, क्यानडा, चीनलगायत ९० बढी मुलुकमा उच्च शिक्षा अध्ययन गर्न विदेशिने गरेका छन् ।

पछिल्लो समय नयाँ मुलुक रोमानियामा अध्ययन गर्न पनि एनओसी लेटर लिएका छन् । शाखाका अनुसार नयाँ मुलुक अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढ्न थालेको छ । शाखा प्रमुख उपसचिव ढकालले विद्यार्थीको नयाँ आकर्षण नयाँनयाँ मुलुकसमेत हुन थालेको बताउनुभयो । विदेशमा अध्ययनका लागि जाँदा वार्षिक करिब १ खर्ब बाहिरिएको छ । यो तथ्यांक अघिल्लो आर्थिक वर्षको हो ।

आर्थिक वर्ष २०७९–०८० मा ६७ अर्ब ७० करोड रहेको थियो । पछिल्लो समय असोज ३० गते मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन–भदौमा शिक्षाका लागि मात्र २३ अर्ब ३३ करोड रुपियाँ विदेशिएको थियो । सरकारले युवाका लागि ठोस योजना बनाउन नसक्दा विदेशिने विद्यार्थीको संख्या ह्वात्तै बढेको हो ।

भदौसम्म १२ अर्ब ७६ करोड रुपियाँ विदेशिएको थियो । शिक्षामा ठूलो रकम विदेशिएका कारण नेपालको सेवा आय घाटामा रहेको छ । विदेशमा गएर उच्च शिक्षा अध्ययन गर्न आर्थिक वर्ष २०६५–६६ देखि २०७७–७८ सम्म ४ लाख १६ हजार ३ सय ६४ जनाले एनओसी लेटर लिएका थिए । तथ्यांकअनुसार आव २०७८–७९ र २०७९–८० सालमा एनओसी लिनेको संख्या २ लाख २७ हजार ७ सय ८० छ ।

शाखा प्रमुख ढकालले २०६५–६६ देखि २०७७–७८ सम्म १३ वर्षमा कुल ४ लाख १६ हजार ३ सयभन्दा बढी विद्यार्थीले एनओसी लिएका जानकारी दिनुभयो ।

आफ्ना छोराछोरीलाई विदेशमा अध्ययन गराउनु सामाजिक मान्यताजस्तै मान्न थालेका अभिभावकले लामो समयपछि अवकास जीवन बिताउन विदेशिने गरेका छन् । केही अभिभावकले नेपालमा रहेको सम्पत्तिसमेत बेचबिखन गरी उतै घरजम गर्ने गरी मुलुक छाड्न थालेका छन् । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);