तत्काल युद्धविराम गर्न इजरायल र हमासलाई राष्ट्रसंघका महासचिव गुटेरेसको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

तत्काल युद्धविराम गर्न इजरायल र हमासलाई राष्ट्रसंघका महासचिव गुटेरेसको आग्रह

काठमाडौं, १३ कात्तिक । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको बमबारीका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै आक्रमण तत्काल रोक्न अपिल गर्नुभएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले इजरायल र हमासबीच भइरहेको युद्धको चित्र प्रस्तुत गर्दै युद्धविरामको आग्रह गर्नुभएको हो ।

संसारले हाम्रो आँखा अगाडि मानवीय प्रकोप भइरहेको देखिरहेको भन्दै महासचिव गुटेरेसले कतै जान सुरक्षित ठाउँ नपाएका २० लाखभन्दा बढी मानिसलाई बाँच्नका लागि आवश्यक खाना, पानी, आश्रय र चिकित्सा हेरचाहबाट वञ्चित गरिएको टिप्पणी गर्नुभयो ।

गाजा क्षेत्रको आक्रमण केही घण्टादेखि झन् भयावह बन्दै गइरहेको उल्लेख गर्दै उहाँले उक्त कार्यप्रति खेद प्रकट पनि गर्नुभयो । मानवीय सहायताका लागि पनि विश्राम जरुरी भए पनि इजरायलले आक्रमण गरिरहेको आरोप लगाउनुभयो ।  सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आफ्ना दायित्वहरूको सम्मान गर्नुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);