इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न साउदीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न साउदीको आग्रह

एजेन्सी,१६ माघ । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानुूनको सम्मान गर्न आग्रह गर्नुभएको छ । साउदी राज्यको स्वामित्वमा रहेको अल अरबिया न्युज च्यानलकाअनुसार उहाँले आफ्नो इजिप्टका समकक्षी समेह शौकरीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनको क्रममा यस्तो टिप्पणी गर्नुभएको हो ।

जसमा दुवैले गाजा पट्टीमा युद्धविर गर्न आह्वान गर्नुभयो । इजरायलले गाजाको मानवीय अवस्थाको बारेमा अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) को निर्णयलाई अस्वीकार गरेकोमा बोल्दै उहाँले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानवीय कानूनहरू इजरायलमा जस्तै अरूलाई लागू हुनुपर्नेमा जोड दिनुभयो ।

साउदीले साउदी अरेबिया र अन्य अरब राष्ट्रहरूले प्यालेस्टिनी जनताको सुरक्षाका लागि दबाब जारी राख्ने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);