रक्षा, अन्तरिक्ष र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न भारत र फ्रान्स सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

रक्षा, अन्तरिक्ष र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न भारत र फ्रान्स सहमत

एजेन्सी,१५ माघ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन दुई दिने राजकीय भ्रमणको क्रममा भारतसँग स्वास्थ्य, अन्तरिक्ष र रक्षा लगायतका क्षेत्रमा सहयोग गर्न सहमत हुनुभएको छ । दुई पक्षहरू प्रमुख सैन्य हार्डवेयर र प्लेटफर्महरूको सह–विकास र सह–उत्पादनमा सहमत भएको बताइएको छ ।

अन्तरिक्ष, भूमि युद्ध, साइबरस्पेस र कृत्रिम बुद्धिमत्ता लगायतका क्षेत्रहरूमा टेक्नोलोजी सहयोगलाई सहज बनाउने दुई देशबीचमा सहमति भएको हो । दुवै पक्षले रक्षा–अन्तरिक्ष साझेदारीमा एक सम्झौतामा पनि सहमति जनाएका छन् । साथै स्याटेलाइट प्रक्षेपणमा न्यू स्पेस इण्डिया लिमिटेड र फ्रान्सेली कम्पनी एरियनस्पेसबीच समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

भारतीय विदेशसचिव विनयमोहन क्वात्राकाअनुसार टाटा र एयरबस हेलिकप्टरबीच स्थानीय कम्पोनेन्टसहितको एच १२५ हेलिकप्टर उत्पादनका लागि साझेदारी गर्न दुवै पक्ष सहमत भएका छन् । दुवै पक्षले स्वास्थ्य सेवा, शिक्षा, तालिम र अनुसन्धान जस्ता क्षेत्रमा आ–आफ्ना स्वास्थ्य मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);