काठमाडौं, १७ पुस ||
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीमण्डल पुनःगठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहनुभएको बताएको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको विशेष रुपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले पुनःगठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताउनु भयो । उहाँले गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निस्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको बताउनु भयो । प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको भनाइपछि छलफल गरेर मात्रै निर्णयमा पुग्ने बताउनु भयो ।




