न्यायाधीशका कारण निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्छुः प्रश्तावित न्यायाधीश पोखरेल | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

न्यायाधीशका कारण निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्छुः प्रश्तावित न्यायाधीश पोखरेल

काठमाडौं, २ पुस ||
सर्वोच्च अदालतका प्रश्तावित न्यायाधिश सुनिलकुमार पोखरेलले आफू न्यायाधीश नियुक्त भएमा निर्दोष व्यक्ति लामो समय थुनामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणापत्र तथा कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित न्यायाधीश पोखरेलले न्यायाधीशको समयको कारणले निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो । उहाँले न्याय सम्पादन गर्दा पहिलो प्राथमिकता राज्यलाई, दोस्रो प्राथमिकता व्यक्तिलाई र तेस्रो प्राथमिकता सरकारलाई दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले न्याय सम्पादनका क्रममा आफु समक्ष आएका विवादलाई नपन्छाउने बताउनु भयो । त्यस्तै, कसैप्रति पूर्वाग्रह नराखी, संविधान कानून र न्यायका मान्यताहरुका आधारमा निर्णय लिने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले आफ्नो न्यायिक मन र विवेकमा प्रश्न उठाउने वातावरण नबनाउने पनि बताउनु भयो । प्रश्तावित न्यायाधीश पोखरेलले संविधान, कानुनले अंगिकार गरेको मुल्य र मान्यतालाई शिरोधार्य गरी काम गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले न्यायपालिकाको जनआस्था अभिवृद्धि र देखिने किसिमले न्याय सम्पादन गर्दै न्यायको स्वच्छता र निष्पक्षताको कसिमा अब्बल सावित हुने इमान्दार प्रयास गर्ने पनि उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);