नेपालको हवाई उडान कालोसूचिमा पर्नुको कारणबारे नेपाल एयरलाईन्ससँग छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

नेपालको हवाई उडान कालोसूचिमा पर्नुको कारणबारे नेपाल एयरलाईन्ससँग छलफल गर्ने

काठमाडौं, २ पुस ||
संसदीय समितिले नेपालको हवाई उडान युरोपियन युनियन (इयु) को कालो सूचिबाट हटाउने विस्तृत कार्ययोजनाबारे नेपाल वायुसेवा निगमसँग छलफल गर्ने भएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आईतवार सिंहदरवारमा बसेको बैठकले सो सम्बन्धि छलफल गर्नका लागि पुस ५ गते निगम पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो । निगम पदाधिकारीहरुले आज समितिको बैठकमा गरेको प्रारम्भिक बिफ्रिङ चित्तबुझ्दो नभएकाले पुनः छलफल गर्नका लागि पुस ५ गतेको बैठक बोलाइएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिनुभयो । निगमले नेपालको हवाई उडानलाई इयूको कालोसूचिबाट हटाउने सम्बन्धि विस्तृत योजना ल्याउनुपर्ने समितिको निष्कर्ष छ । निगमले नेपाल नागरिक उडड्यन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई दोष लगाउने भन्दा पनि आफूले जिम्मेवार ढंगले कार्ययोजना पेश गर्नुपर्ने बताउनु भयो । बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले इयूको प्रतिवेदनमा औल्याइएको विषयलाई हल गरेर त्यसको कालो सूचिबाट नेपालको हवाई उडानलाई हटाउनका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणको नेतृत्वमा सबै हवाई उडान प्रदायक संस्थाहरुले मिलेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाल वायुसेवा निगम एक्लैको कारणले नेपालको हवाई उडान क्षेत्रलाई इयुले कालोसूचिमा यस वर्ष पनि राखेको भन्ने कुरा साँचो नभएको जिकिर समेत गर्नुभयो । कार्यकारी अध्यक्ष अधिकारीले नेपालको हवाई उडानको क्षेत्रमा संरचनागत सुधारको पक्षलाई पनि इयुले औंल्याएको उल्लेख गर्दै ती समस्याको समाधान नेपाल नागरिक उडड्यन प्राधिकरण –क्यान)को नेतृत्वमा मात्रै सफल हुने बताउनु भयो । कार्यकारी अध्यक्ष अधिकारीले नेपालको हवाई उडान इयुको कालोसूचिमा पर्नुमा क्यानमाथि पनि प्रश्न औंल्याएको आरोप लगाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);