इण्डोनेसियामा ज्वालामुखी बिष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

इण्डोनेसियामा ज्वालामुखी बिष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु

एजेन्सी, १९ मंसिर । इण्डोनेसियामा ज्वालामुखी बिष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ ।

इण्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी बिष्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने केही अझै बेपत्ता भएको बताइएको छ । पहिलो चरणमा ४९ जना आरोही फेला परेका थिए । उनीहरुलाई अस्पताल लगिएको छ भने केही अस्पतालबाट घर फर्किसकेका छन् । दोस्रो चरणमा १४ जनालाई फेला पारेको बताइएको छ ।

तीनै जना विष्फोटको बीचमा पश्चिमी इण्डोनेसियाको पहाडको फेदमा जाँदै थिए । कुल ७५ आरोहीहरूको खोजी गर्न अधिकारीहरूले लगभग सय जनालाई खटाइएको छ । समुन्द्र सतहबाट २ हजार ८ सय ९१ मिटर उचाईमा रहेको मारापी हिमाल ज्वालामुखीको खरानी र चट्टान वरपरका क्षेत्रमा फैलिएको छ । अधिकारीहरूले मानिसहरूलाई मुख्य खाडलको ३ किलोमिटरको दायरा भित्र खतरा क्षेत्रमा जान निषेध गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);