सिटीको जितमा अग्युरोको ह्याट्रिक | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

सिटीको जितमा अग्युरोको ह्याट्रिक

एजेन्सी, ७ माघ । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा २१ औं जित दर्ता गरेको छ । म्यानचेस्टर सिटीले गएराति न्युक्यासललाई ३–१ ले पराजित गरेर २१ औं जित दर्ता गरेको हो ।

न्युक्यासलविरुद्धको खेलमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । खेलको ३४ औं मिनेटमा अग्युरोले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको ६३ औं मिनेटमा अगुएरोले पेनाल्टीमर्फत टोलीको अग्रता दोब्बर पारे । ६७ औं मिनेटमा जेकोब मर्फिले न्युकासलका लागि गोल फर्काए पनि ८३ औं मिनेटमा अग्युरोले फेरि गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे ।

अग्युरोको जारी लिगमा दोस्रो तथा म्यानचेस्टर सिटीका लागि ११ औं ह्याट्रिक हो । जितसँगै म्यानचेस्टर सिटीले ६५ अंक जोडेको छ । सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १२ अंकले अगाडि छ । सिटीका प्रशिक्षक पेप गार्डिओलाले यो सिजन कीर्तिमानी अंकसहित प्रिमियर लिगको उपाधि उचाल्ने उद्देश्य रहेको बताएका छन् । सन् २००४–०५ को सिजनमा चेल्सीले ९५ अंकसहित उपाधि जितेको थियो । चेल्सीको कीर्तिमान ताड्न सिटीले ११ खेल जित्नुपर्छ । सिटीले अब १४ खेल खेल्न बाँकी छ ।

गएराति भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेड, चेल्सी, आर्सनल र लेस्टर सिटी विजयी भएका छन् । म्यानचेस्टर युनाइटेडले बन्र्लेलाई १–०, चेल्सीले ब्राइटनलाई ४–०, आर्सनलले क्रिस्टल प्यालेसलाई ४–१ र लेस्टर सिटीले वाटवफोर्डलाई २–० ले पराजित गरेका हुन् ।