दुर्गा प्रसाईलाई समर्थन गरेका पशुपति खड्कासहित ५ राजावादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

दुर्गा प्रसाईलाई समर्थन गरेका पशुपति खड्कासहित ५ राजावादी पक्राउ

काठमाडौं, ८ मंसिर । गणतन्त्रविरुद्धका अभियन्ता दुर्गा प्रसाईको आन्दोलनलाई समर्थन गरेका ५ जना पक्राउ परेका छन् ।

हिन्दु राष्ट्र र राजा फर्काउन पर्छ भन्ने अभियान चलाउँदै आएका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शाही युवा शक्तिका अध्यक्ष खड्काले आजको लागि प्रसाई नेतृत्वको आन्दोलनलाई समर्थन गर्न तीनकुने जान सबैलाई आग्रह गरेका थिए । खड्का काठमाडौंको फुटङबाट पक्राउ परेका हुन् भने एकजना सुन्धारा र अर्का ३ जना थापाथलीबाट पक्राउ परेका हुन् ।  उनले पुर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा बनाउनुपर्छ भन्दै विभिन्न कार्यक्रम आयोजना गर्दै आएका थिए ।

मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने,अनुप शाही र आवास खड्का पक्राउ परेको स्रोतले जनाएको छ ।

Leave a Reply