के दुर्गा प्रसाईंलाई घरभित्रै नजरबन्दमा राखिएको हो त ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

के दुर्गा प्रसाईंलाई घरभित्रै नजरबन्दमा राखिएको हो त ?

काठमाडौं,८ मंसिर । मेडिकल व्यवसायी हुँदै गणतन्त्रविरोधी अभियन्ता बनेका दुुर्गा प्रसाईंको आन्दोलन रोक्न प्रहरी–प्रशासन नयाँ तरिकाले अघि बढ्ने तयारी गरेको छ । भक्तपुरस्थित प्रसाईंको निवास वरिपरि ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । उनको घर आसपासमा नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले घेरीरहेको छ ।

प्रसाईंले आजदेखि काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । उनलाई समर्थन गरेका सबै राजावादी शक्तिहरुले पनि आजको कार्यक्रममा उपस्थित हुने आह्वान गरेका थिए । सुरक्षा फौज निवास वरिपरि राख्नुले प्रसाईंलाई घरबाट बाहिर निस्कन नदिने प्रहरीले रणनीति लिएको सहजै अनुमान गर्न सकिन्छ । आजै राजावादी तथा प्रसाईंका समर्थकहरु ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार प्रसाईले पत्रकार सम्मेलन गरेर प्रत्येक दिन तीनकुनेमा भेला भएर सिहंदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’मा आन्दोलन गर्ने पनि घोषणा गरेका थिए । सो कार्यक्रमका लागि अनुमति नदिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक विज्ञप्ती जारी गर्दै स्पष्ट पारेको छ ।

सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्धारा जारी विज्ञप्तीमा आज तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने,सार्वजनिक सम्पतिमा क्षति पुराउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेको भन्दै शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानुनविपरितका गतिविधि गरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।

“सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपुर्ण,मर्यादित,अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चििततासहित लिखित रुपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने व्यहोरा अजगत गराइन्छ ।”विज्ञप्तीमा लेखिएको छ ।

 

Leave a Reply