लागुऔषध प्रयोगकर्ताले गरे बृद्ध महिलाको घाँटी च्यापेर हत्या | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

लागुऔषध प्रयोगकर्ताले गरे बृद्ध महिलाको घाँटी च्यापेर हत्या

पुष्कर भट्ट, कञ्चनपुर, मंसिर ७ । कञ्चनपुरमा लागु औषधका प्रयोगकर्ता साईकल चोरीमा संलग्न व्यक्ति नै बृद्ध महिलाको हत्यारा भएको खुलासा भएको छ । १९ कार्तिकमा शुक्लाफाँटा नगरपालिका ७ शान्तिपुर बस्ने ६५ बर्षिया नारुदेवी जोशीको हत्या भएको थियो ।

घर नजिकै रहेको जंगलमा घाँस काट्न गएकी जारुदेवीको हत्यामा संलग्न साईकल चोर रहेको खुलासा भएको छ । १४ कार्तिकमा झलारीका महेश भट्टको साईकल चोर्ने शुक्लाफाँटा नगरपालिका ७ कै महेश डगौराले नै नारुदेवीको हत्या गरेको खुलासा भएको हो । नारुदेवीको हत्या गरेकै दिन डगौराले एक भारतीय नागरिकबाट समेत २ सय ५० रुपैया लुटपाट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कमल थापाले विभिन्न कोणबाट अनुसन्धान गदर््ै जाँदा साईकल चोर, भारतीय नागरिकलाई लुटबाट गर्ने महेश डगौराले नै नारुदेवीको हत्या गरेको स्वीकार गरेको बताए । लागु औषधका प्रयोगकर्ता समेत रहेका महेश डगौराले नारुदेवी एक्लै घाँस काटन जंगल जाने क्रममा भेटाएर पिछा गर्दै गएको र आफुले घाँस काटिदिन्छु साच्चिकै गहना सक्कली नै हो भनेर सोधपुछ गरेर घाँटी च्यापेर हत्या गरेको एसपी थापाले बताए । बृद्ध महिलाको हत्या पछि लुटपाट गरेको सुन बिक्रिका लागि महेश कैलालीको धनगढी गएको प्रहरीको अनुसन्धानबाट खुलेकोछ ।

‘हत्या गरेकै दिन महेशले बोराडाँडी भाटभटेनी नजिक एलएक्स क्लबका संचालक कैलाली गाँउका लक्ष्मण चौधरीको डेरामा गएर सुनबिक्रिका लागि छलफल गरेको एसपी थापाले बताए । महेश २० कार्तिकमै धनगढीदेखि नेपालगन्ज हुँदै मुम्बई ब्याङलोर भागेका थिए । प्रहरीले विभिन्न व्यक्तिसंग समन्वय गरेर भारतमा भागेका महेशलाई बोलाएर १ मंसिरमा पक्राउ गरेको थियो । सुन बेचबिखनमा संलग्न भएका लक्ष्मण चौधरीसंग सोधपुछ गर्दा धनगढी स्थित ईन्द्र बराल(सुनार)ले संचालन गरेको न्यू बर्दादेवी सुनचाँदी पसल, खगेन्द्र बहादुर सोबले संचालन गरेको दिया सुनचाँदी पसल र दिपेन्द्र सिजापतीले संचालन गरेको सुजल सुनचाँदी पसलमा बिक्रि गरेको खुलेको हो । लक्ष्मण चौधरीले आफ्नो साथी निरज भट्टलाई सुन बिक्रिका लागि तीनै पसलमा लगेका थिए । तीनै पसलमा ४६ हजारको सुन बेचेका थिए । १.५० आनाको फुली,१.६९को मुन्द्रा र २.७००को अर्के मुन्द्रा लुटपाट भएको थियो ।

नारुदेवीको हत्यारा महेश डगौराले सहकर्मी लक्ष्मण चौधरी, निरज भट्टलाई सुन बिक्रिका लागि पठाएको र तीनै सुनचाँदी पसल धनीहरुलाई फन्दामा पारेका छन । नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुनबेच्न जाने लक्ष्मण चौधरी, निरज भट्ट र सुन किन्ने ईन्द्र बहादुर बराल, खगेन्द्र सोब र दिपेन्द्र सिजापतीलाई बिहीबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । सुनचाँदी पसलधनीहरुले लक्ष्मण चौधरी र निरज भट्टले आफुहरुसंग श्रीमती बिरामी भएकाले ईर्मेरजेन्सीमा सुन बेच्न आग्रह गरेपछि सुनकिनिदिएको बताए । कञ्चनपुरका प्रहरी प्रमुख एसपी थापाले पाँच जना बिरुद्धमा फरक फरक मुद्दा आकर्षित हुने बताए । महेश डँगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार, सुन पसलधनीहरु बिरुद्धमा गैर कानुनी सुन खरिद बिक्रिको मुद्दा लगाउने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);