आज नेपाल र मलेसिया भिड्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

आज नेपाल र मलेसिया भिड्दै

काठमाडौं, १४ कात्तिक । आईसीसी ट्वान्टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल र मलेसियाबीच प्रतिष्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजेदेखि शुरु हुनेछ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमवार सिंगापुरबिरुद्ध आठ विकेटको जित निकालेको थियो । सोमवारदेखि शुरु भएको प्रतियोगितामा नेपालसहित आठ टिम सहभागी छन् ।

नेपाल समूह ‘ए’मा छ । नेपाल रहेको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (युएई), बहराइन, हङकङ र कुवेत छन् ।

Leave a Reply