श्रेष्ठको पहलमा नेको इन्स्योरेन्सद्धारा बन्दिपुर अस्पताललाई ११ लाख हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

श्रेष्ठको पहलमा नेको इन्स्योरेन्सद्धारा बन्दिपुर अस्पताललाई ११ लाख हस्तान्तरण

काठमाडौं, २१ असोज । नेको इन्स्योरेन्स लिमिटेडले तनहुँको बन्दीपुर गाउँपालिकाको बन्दिपुर अस्पताललाई आर्थिक सहयोग गरेको छ । इन्स्योरेन्सले संस्थागत उत्तरदायित्व अन्तर्गत बन्दिपुर अस्पतालको भवन निर्माणको लागि ११ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

शनिबार अस्पतालमा आयोजित एक समारोहमा इन्स्योरेन्सका अध्यक्ष रोहित कुमार भट्टराईले अस्पतालका अध्यक्ष एंव बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापालाई ११ लाख रुपैयाँको चेक प्रदान गरेका हुन् । यसबाट बन्दीपुरका नागरिकहरुको स्वास्थ्य उपचारका लागि भवन निर्माणमा सहयोग पुग्ने इन्स्योरेन्सले विश्वास लिएको छ ।

समारोहमा इन्स्योरेन्सका अध्यक्ष भट्टराईसहित कृषि विकास बैंक लिमिटेडका डेपुटी जेनरल म्यानेजर (डिजिएम) प्रेमकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोक खड्का, डिइओ पवन थापा, फाइनान्स प्रमुख भुवन महत, अस्पतालको कर्मचारी,गाउँपालिकाकी उपाध्यक्ष पन्चमाया गुरुङलगायतको उपस्थिति थियो ।

गाउँपालिका अध्यक्ष थापाले ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको नेको इन्स्योरेन्सलाई धन्यवाद दिँदै बन्दीपुरमा सक्रिय भएका अन्य इन्स्योरेन्सहरुले अस्पतालप्रति चासो नदेखाएको पनि गुनासो गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्तै सहयोगको लागि आशावादी रहेको पनि बताउनुभयो । थापाले बन्दीपुरमा जन्मिनुभएका कृषि विकास बैंक, मुख्य कार्यालय काठमाडौंका डेपुटी जेनरल म्यानेजर (डिजिएम) प्रेमकुमार श्रेष्ठले बन्दीपुरको विभिन्न क्षेत्रमा सहयोग गरेको स्मरण गराउँदै विशेष धन्यवाद दिनुभयो । श्रेष्ठकै अथक पहलमा नेको इन्स्योरेन्सले सो रकम अस्पताललाई सहयोगस्वरुप हस्तान्तरण गरेको हो ।

समाजसेवी समेत रहेका श्रेष्ठले बन्दीपुरका विभिन्न विद्यालय,मठमन्दिर पुनःनिर्माण लगायतका क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । उहाँले बन्दीपुर सामाजिक विकास समितिको पनि २ पटक महासचिव भई काम गरी सक्नु भएको छ ।

Leave a Reply