काठमाडौं, १५ असोज । सर्लाहीको सदरमुकाम मलंगवामा लाग्दै आएको ‘कर्फ्यु’ पूर्णरूपमा हटाइएको छ । आइतबार बसेको सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकबाट चारबुँदे निर्णय भएसँगै मलंगवामा जारी कर्फ्यु आदेशलाई पूर्णरूपमा निष्क्रिय गरिएको हो ।
गएको असोज ४ गते बिहीवार राति १० बजेदेखि जारी कर्फ्यु आदेश असोज ८ गतेदेखि दिउँसोका लागि हटाइएको थियो । सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले आउँदो १८ गते मलंगवामा बृहत सद्भाव र्याली आयोजना गर्ने, सदियौँदेखि विभिन्न धर्मावलम्बीबीच कायम रहेको सामाजिक सद्भाव एवं भाइचारा कायम राख्न सबै पक्षले आ–आफ्नो दायित्व निर्वाह गरी सहयोग गर्ने र कृष्णाजन्माष्टमी मूर्ति विसर्जनका क्रमदेखि गणेश पूजाको मूर्ति विसर्जनसम्म भएका घटनामा सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्ने निर्णय गरेको छ ।