कानून, न्याय तथा मानव अधिकार समिति बैठकको निर्णय | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

कानून, न्याय तथा मानव अधिकार समिति बैठकको निर्णय

काठमाण्डौ, १९ भाद्र
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरी प्रतिवेदन पेश गर्न गठित उपसमितिको म्याद ७ दिनका लाथि थप गरिएको छ । मंगलवार बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले सो उपसमितिको म्याद ७ दिनका लागि थप गरेको हो ।

उपसमितिले थप गरिएको समयसीमाभित्र पनि कार्यसम्पादन गर्न नसकेपछि पुनः समयसिमा थप गरिएको हो । त्यसैगरी बैठकले सम्पत्ति शुद्धीकरण(मनी लाउण्डरिङ्ग)निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको अध्ययन गर्नका लागि पनि उपसमिति बनाएको छ । सो उपसमितिलाई १५ दिनको समयसिमा दिइएको छ ।

उपसमिति सदस्यहरु भने दलिय आधारमा प्रतिनिधित्व हुनेगरी दलसँग नाम मागेर चयन गरिने समिति सभापति बिमला सुवेदीले बताउनु भयो । समिति सदस्यहरुले दुवै उपसमितिले आफुले पाएको समयसिमा भित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);