आज पहाडी भेगमा पानी पर्ने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ४ २०८१, आइतबार

आज पहाडी भेगमा पानी पर्ने

काठमाडौं, १२ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);