काठमाडौं, ७ भदौ । अविरल वर्षापछि आएको पहिरोले नारायणघाट–मुग्लिन सडक अवरूद्ध भएको छ ।
नारायणघाट–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको नाम्सी पुलनजिकै पहिरो खसेसँगै आवाजावत बन्द भएको हो ।
सडकमा थुप्रिएको पहिरो अहिले हटाउने काम भइरहेको छ । पहिरो गएपछि सवारी साधनहरू बीचमै रोकिएका छन्।