काठमाडौं, ५ भदौ । बझाङमा एकैपरिवारका ३ जनामाथि चक्कु प्रहार भएको छ । सुर्मा गाउँपालिका–३ चैनपुरमा भाडामा बस्दै आएका कमल विकको श्रीमती र दुई छोरामाथि चक्कु प्रहार भएको हो ।
चक्कु प्रहार गर्नेको अवस्था अझै अज्ञात रहेको छ ।
कमल यतिबेला काठमाडौं छन् । उनी नभएको बेला उनको परिवारमाथि मध्यरातमा तरकारी काट्ने चक्कु प्रहार भएको हो । परिवारका तिनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । file photo