काठमाडौं, २६ साउन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५ पैसा र विक्रिदर १३२ रुपैयाँ ६५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ६० पैसा र विक्रिदर १४६ रुपैयाँ २६ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ६८ पैसा र विक्रिदर ८७ रुपैयाँ ८ पैसा रहेको बैंकले जनाएको छ ।