काठमाडौं, १६ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, टोपबहादुर रायमाझी लगायतको सम्बन्धमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।
उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतसँग उनीहरुको प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।
थुनामै राखेर पुर्पक्ष गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै खाँण,रायमाझी, टेकनाथ रिजाललगातयका व्यक्तिहरुले उच्च अदालतमा निवेदन दिएका थिए ।
नेताहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने कारण के हो भनी कैफियत प्रतिवेदन माग गरिएको हो ।