चितवन, ९ साउन । नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी साधन एकापसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजेतिर भरतपुर महानगरपालिका–२९ चौधकिलो पुल नजिकै ट्रक र बस ठोक्किदां ११ जना घाइते भएका हुन् ।
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक ठोक्किएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिएको छ । ठोक्किएका दुवै सवारी साधानलाई क्रेनको सहायताले सडक छेउमा राखेर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।