काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । आइसिसी विश्वकप छनोट खेल्न जिम्बावेमा गएको नेपाली टोली आज दिउँसो नेपाल फर्किएको हो ।
प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो ।
नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो ।