कति वर्ष पुुगे महेन्द्र सिंह धोनी ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कति वर्ष पुुगे महेन्द्र सिंह धोनी !

एजेन्सी, २२ असार । भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीले आज आफ्नो ४२ औं जन्मदिन मनाइरहेका छन् । धोनी अन्तिम पटक मे २९ मा अहमदाबादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा गुजरात विरुद्धको आईपीएल फाइनल खेल्दै देखिएका थिए।
धोनीको क्रिकेट करियरको यात्रा २४ वर्षको छ । धोनीले स्कुल क्रिकेट टिमबाट ५ औं पटक आईपीएल च्याम्पियन बन्ने सम्मका अबसर पाएका छन् ।

महेन्द्र सिंह धोनीले शुक्रबार ७ जुलाई, २०२३ मा ४२ औं जन्मदिन मनाउँदै हुनुहुन्छ। धोनीले सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा भनेका थिए । धोनी भारतका लागि तीनवटा आईसीसी ट्रफी जित्ने एक मात्र कप्तान हुन्। धोनीको कप्तानी टोलीले २००७ मा भारतको पहिलो आईसीसी ट्रफी जित्यो। अहिले धोनी आईपीएलमा चेन्नई सुपर किंग्सबाट खेलिरहेका छन् ।

धोनीले सन् २००४ मा बंगलादेशविरुद्धको एकदिवसीय खेलबाट आफ्नो अन्तर्राष्ट्रिय करियर सुरु गरेका थिए । अहिले उनी आईपीएलमा मात्रै खेल्छन् । आईपीएल २०२३ मा धोनीले आफ्नो कप्तानीमा चेन्नई सुपर किंग्सलाई जित दिलाएका थिए। आईपीएलमा चेन्नई पाँचौं पटक च्याम्पियन बनेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा धोनीको नाममा धेरै कीर्तिमान छन् । त्यसैगरी, केही यस्ता कीर्तिमान छन्, जसलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन र त्यसमा धोनी नम्बर एक छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);