इस्ट जोन कपको उपाधि नेपाललाई | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

इस्ट जोन कपको उपाधि नेपाललाई

काठमाडौं, १९ असार । नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन कपको उपाधि जित हात पारेको छ । आज भएको खेलमा मलेसियाविरुद्ध सानदार बलिङ गर्दै नेपालले मेन्स यू–१६ इस्ट जोन कपको उपाधि जितेको हो ।

नेपालले दिएको २५३ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया नेपालका बलर सामु टिक्नै सकेन । मलेसिया १४.५ ओभरमा ३१ रन मात्रै बनाएर अल आउट भयो ।

नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै सन्तोष यादवले तीन र सागर गैरेले एक विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);