चित्रसेनकली गर्भिणी, आरक्षमा खुशिको लहर | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

चित्रसेनकली गर्भिणी, आरक्षमा खुशिको लहर

श्याम गुप्ता, ९ बैशाख वारा ।
पर्सा बन्यजन्तु आरक्षको अमलेखगंज हात्तिसार स्थित चित्रसेनकली हात्ति गर्भिणी भए पछि सिंङ्गो आरक्ष वृत्तमा अहिले खुशिको लहर छाएको छ चित्रसेनकली १२ बर्षिया यी ढोई हात्तिसारकी कान्छी सदस्य हुँन् । आरक्षका सहायक संरक्षण एवंम् सूचना अधिकृत

चित्रसेनकली गर्भिणी

 

श्याम गुप्ता , ९ बैशाख वारा । पर्सा बन्यजन्तु आरक्षको अमलेखगंज हात्तिसार स्थित चित्रसेनकली हात्ति गर्भिणी भए पछि सिंङ्गो आरक्ष वृत्तमा अहिले खुशिको लहर छाएको छ चित्रसेनकली १२ बर्षिया यी ढोई हात्तिसारकी कान्छी सदस्य हुँन् । आरक्षका सहायक संरक्षण एवंम् सूचना अधिकृत वीरेन्द्र प्रसाद कँडेलका अनुसार , यस अघि यो हात्तिसारकी हात्ति भवानीकलीले २०५६ सालमा हात्तिसारमा मृत भाले बच्चा जन्माएकी थिईन् । अर्की ढोई सिताष्मा कलीले २०६२ सालमा हात्ति प्रजनन केन्द्र खोर सोर चितवनमा कामीनीकलीे जन्माएकी थिईन् ।

 

चित्रसेनकली गत चैत १५ गते ३ बजेको समयमा गर्भिणी भएको अनुमान गरिएको छ । ‘आरक्षको प्रतापपुर पोष्टमा आरक्ष गस्ती प्रयोजनका लागि उनलाई राखिएको थियो , त्यति बेला त्यहाँ एउटा जंगली मत्ता त्यहाँ आई पुगेको थियो ,’ कँडेलले भने , ‘चित्रसेनकलीलाई उसले फकायो , दुबै २÷३ दिनसँगै बसेका थिए , त्यस क्रममा दुबै बिच भएको पछिल्लो संसर्ग हात्तिसारका कर्मचारीले देखेका थिए , त्यसै आधारमा उनको गर्भ मिति यकिन गरिएको हो ।’ चित्रसेनकलीको उचाई र लम्बाई साँढे ७ फिट तथा तौल करिब १५ क्विन्टल छ । हालको उनको गर्भ १३ महिनाको भई सकेको छ । सामान्यतया हात्तिले २० देखि २२ महिना भित्र छावालाई जन्म दिन्छ ।

 

गर्भिणी भएको यकिन भए पछि उनलाई अन्य हात्तिलाई भन्दा बढी आराम दिईएको हात्तिसारका नायव सुब्बा मनपुरन चौधरी बताउँ छन् । प्रत्येक हात्तिलाई दैनिक १५ किलो धान , डेढ किलो सख्खर र २५ ग्राम नुनको रासनको व्यवस्था छ । चित्रसेनकलीको सेवा टहलमा उन कै फनैत र महाउतहरु पनि बढी सक्रिय रहेको चौधरीले बताए । गत बिक्रम सम्बत् २०४१ सालमा यो हात्तिसार स्थापना भएको हो । हाल आरक्षमा वन गस्ती तथा पर्यटकलाई आरक्ष भ्रमण गराउँने प्रयोजनमा यी हात्तिहरुको प्रयोग हुँन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);