श्याम गुप्ता ७ बैशाख बारा । बैशाख ३१ गते हुँन लागेको स्थानीय तहको निर्वाचनलाई मध्य नजर गर्दै बारामा मतदाता शिक्षा स्ववयम सेवक तालिम विहिवार देखि कलैयामा सुरु भएको छ । जिल्ला निर्वाचन कार्यलय बाराले स्थानीय तहको निर्वाचनलाई मध्य नजर गर्दै मतदाताहरुलाई निर्वाचनमा बढी भन्दा बढी सहभागिता होस् भन्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको हो ।
झण्डै २० वर्ष पश्चात हुँन लागेको स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा बढी झण्झटिलो तथा लामो प्रक्रियासँगै महिलाहरुको उम्मेदवारी किन र के को लागि तथा निर्वाचनमा बदर मत कम गर्नको लागि तथा घर घरमा पुगि निर्वाचन बारे जानकारी गराउँने उद्देश्यले यो तालिम सञ्चालन गरिएको निर्वाचन कार्यलयको प्रमुख नरेश कुमार सरार्फले बताए ।
जति मतदाता केन्द्र छन् त्यति मतदाता स्वयम सेविका परिचालन गर्ने सरार्फले बताए । मतदाता स्वयम सेविका छनौंट गर्न प्रार्थमिक तहमा अध्यापन गराउँदै आईरहेको शिक्षिका पूर्व शिक्षिका समाजिक परिचालिका तथा स्वास्थ्य केन्द्रमा कार्यर्त स्वास्थ्यकर्मी लगायतलाई छनौंट गरी तालिममा सहभागि गराएको सरार्फले बताए ।
मोर्चाको आन्दोलनको कारण तोकिएको मतदान केन्द्रको आधारमा चार सय ५१ जनालाई मतदाता स्वयम सेविका तालिम लिनु पर्नेमा उपस्थिति न्यून रहेको पाईयो । तालिममा निर्वाचनमा प्रयोग गर्ने वाईलेट पेपर सम्बन्धि जानकारी गराएका थिए । दुई नम्बर प्रदेश अन्तर्गत पर्ने बारा जिल्लामा ३७ वटा दलहरुले स्थनीय तहको निर्वाचनमा भाग लिन दल दर्ता गराएका छन् ।