उत्तर कोरियाले दक्षिण कोरियामा हुने ओलम्पिकमा सहभागिता जनाउने | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

उत्तर कोरियाले दक्षिण कोरियामा हुने ओलम्पिकमा सहभागिता जनाउने

एजेन्सी । उत्तर कोरियाले दक्षिण कोरियामा आयोजना हुने शीतकालीन ओलम्पिकमा सहभागिता जनाउने भएको छ । दुई कोरियाबीच आज दक्षिण कोरियामा भएको वार्तापछि उत्तर कोरियाले फ्रेब्रुअरीमा हुने शीतकालिन ओलम्पिकमा आफ्नो खेलाडी र प्रतिनिधि पठाउने जानकारी गराएको हो ।

उत्तर कोरियाले पठाउने भनिएको टोलीमा खेलाडी, प्रतिनिधि र समर्थकका साथै अन्य नागरिक पनि हुने जनाइएको छ । उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूबीच सन् २०१५ पछि पहिलोपटक वार्ता भएको हो ।

आज दुई देशका प्रतिनिधिबीच भएको छलफल शीतकालीन ओलिम्पिकमा उत्तर कोरियाका खेलाडीहरूलाई कसरी सहभागी गराउने भन्नेबारे बढी मात्रामा केन्द्रित भएको जनाइएको छ । दुई देशबीचको वार्ता दक्षिण कोरियाको अधिनमा रहेको सीमा क्षेत्रमा अवस्थित पानुमजोम नगरमा भएको हो ।

ताजा समाचार