दार्चुलामा ग्यास लिक भई आगलागी हुँदा १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

दार्चुलामा ग्यास लिक भई आगलागी हुँदा १ जनाको मृत्यु

काठमाडौं, ११ जेठ । दार्चुलामा खाना पकाउने ग्यास लिक भइ आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–३ जामिरमा खाना पकाउने ग्यास लिक भइ ‌आगलागी हुँदा घाइते भएका अमर सिंह ठगुन्नाको मृत्यु भएको हो । ‌ ‌

बुधबार बिहान ग्यासमा चिया पकाउने क्रममा ग्यास लिक भइ ‌आगलागि हुँदा ८० वर्षीय ठगुन्ना जलेर गम्भिर घाइते भएका थिए।

घाइते ठगुन्नालाई स्थानीयले उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको र थप उपचारका लागी नेपालगञ्ज रिफर गरेपछि नेपाली सेनाको हेलिकप्टरबाट घाइते ठगुन्नालाई नेपालगञ्ज लैजानेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ। ‌ ‌ ‌

मृतक ठगुन्नाको शव गोकुलेश्वर अस्पताल पुर्याएइएको र को पोस्टमार्टम पछि शव आफन्तलार्इ बुझाउने प्रहरीले जनकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);