यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ ।

२०६२÷६३ को जनआन्दोलनमा घाईते भई गत बैशाख २८ गते निधन हुनु भएका काभ्रेका कायस्थलाई मंगलबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको हो । जनआन्दोलनमा घाइते भइ निधन भएका कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरिएको नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भयो ।

त्यसैगरी बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई स्विजरल्याण्डको जेनेभामा यही जेठ ७ गतेदेखि सूरु हुने ७६ औं वल्र्ड हेल्थ एसेम्लीमा सहभागी हुनका लागि स्विकृति पनि प्रदान गरेको छ । जेठ १६ गतेसम्म हुने सो सम्मेलनमा अतिरिक्त सचिव विकास देवकोटा पनि सहभागी हुने मन्त्री शर्माले बताउनुभयो । त्यसैगरी सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको सदस्य पदमा प्राध्यापक श्रीराम रामकृष्ण, सिंगापुर, संगीता सिंह काठमाडौं, प्राध्यापक पुष्करमान बज्राचार्य काठमाडौं, प्राध्यापक सुजान फ्राटियार क्यानडा, प्राध्यापक नामपेर अमेरिका, प्राध्यापक सुर्दशनराज तिवारी काठमाडौं, पदम ज्योति, काठमाडौं, लोचन ज्ञवाली ललितपुर, डा. सन्दुक रुईत काठमाडौं र भानुप्रसाद आचार्य भक्तपुरलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । मन्त्रीपरिषद बैठकले तिलगंगा आँखा स्वास्थ्य शिक्षाका लागि विधेयक तर्जुमा गर्नका लागि स्विकृति दिने निर्णय पनि भएको छ । जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि करिव १८३ दशमलव ८० रोपनी जग्गा प्राप्त गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणलाई स्विकृति प्रदान गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले बताउनु भयो । उहाँले भन्नु भयो, ‘जनआन्दोलनको घाइते लामो समयदेखि विरामी अवस्थामा हुनुहुन्थ्यो । उहाँको निधन भएको छ । र, जनआन्दोलनका घाइते मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने भन्ने निर्णय क्याविनेटले गरेको छ । हाम्रो यो एपीजी बैठकमा भाग लिन नेपाल राष्ट्र बैठकमा गभर्नर महाप्रसाद अधिकारीसहितको टोलीलाई मनि लन्ड्रसम्बन्धि कार्यक्रममा भाग लिन जानका लागि स्विकृति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको प्रस्तावमा नयाँ बुटवल लमही ४ सय केभी प्रशारण लाईन अन्तरगतको मोतीपुर सबस्टेशन निर्माणका लागि मारगंगा नगरपालिकामा १५ बिघा जमिन प्राप्ती गर्ने र प्रारम्भिक कारबाही चलाउनका निम्ति अधिकारी तोक्ने भन्ने निर्णय भएको छ । र, त्यहाँको कर्मचारीलाई अधिकारी तोकिएको छ । त्यसैगरेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको प्रस्तावमा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको नेतृत्वको प्रतिनिधिमण्डललाई जेष्ठ १ गतेदेखि १ गतेदेखि ५ गतेसम्म थाईल्याण्डमा हुने संयुक्त राष्ट्र संघीय एशीया प्रशान्त क्षेत्रका लागि सामाजिक आयोगको ७९औं बैठकमा भाग लिन जानका लागि स्विकृति दिने निर्णय पनि भएको छ । त्यसै गरेर भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रस्तावमा कलैया र सिम्रोनगढ मालपोत तथा नापी सम्बन्धि कार्यक्षेत्रमा रहेका साविक पिपराविर्ता, पिपरानीगौड, बर्किफुलबरिया, कवैगोठ, बगही, हर्दिया, श्रीरामपुर र मझरियालाई मालपोत तथा नापी विभाग सिम्रोनगढको कार्यक्षेत्र संशोधन गरिएको छ । त्यसै गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा बुटवल गोरुसिंङ्गे, चन्द्रोटा सडकको विस्तारित सडक सीमा भित्रका घर, टहरा हटाई क्षतिपूर्ति दिने तथा सो प्रयोजनका लागि जग्गा प्राप्त ऐन २०३४ को दफा ५ बमोजिम सो सडक खण्डको सडक योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाही चलाउनका निम्ति अधिकारी तोक्नका लागि स्विकृति प्रदान गरिएको छ । त्यसै गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको सदस्य पदमा प्राध्यापक श्रीराम रामकृष्ण, सिंगापुर, संगीता सिंह काठमाडौं, प्राध्यापक पुष्करमान बज्राचार्य काठमाडौं, प्राध्यापक सुजान फ्राटियार क्यानडा, प्राध्यापक नामपेर अमेरिका, प्राध्यापक सुर्दशनराज तिवारी काठमाडौं, पदम ज्योति, काठमाडौं, लोचन ज्ञवाली ललितपुर, डा. सन्दुक रुईत काठमाडौं र भानुप्रसाद आचार्य भक्तपुरलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ आजको मन्त्रीपरिषद बैठकले । तिलगंगा आँखा स्वास्थ्य शिक्षालाई विधेयक तर्जुमा गर्नका लागि स्विकृति दिने निर्णय पनि भएको छ । जुम्ला जिल्लाको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि करिव १८३ दशमलव ८० रोपनी जग्गा प्राप्त गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणलाई स्विकृति प्रदान गर्ने भन्ने पनि आजको मन्त्रीपरिषद बैठकले गरेको छ । जेठ ७ गतेदेखि १६ गतेसम्म स्विजरल्याण्डको जेनेभामा आयोजना हुने ७६ वल्र्ड हेल्थ एसेम्ली डब्लुएचए ७६ कार्यक्रममा सहभागी हुन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत र अतिरिक्त सचिव डा. विकास देवकोटालाई सहभागी हुन स्विकृति दिने भन्ने निर्णय पनि आजको मन्त्रीपरिषद बैठकले गरेको छ ।’

मन्त्रीपरिषद बैठकले बुटवल–गोरुसिंङ्गे–चन्द्रोटा सडकको विस्तारित सडक सीमा भित्रका घर, टहरा हटाई क्षतिपूर्ति दिने तथा सो प्रयोजनका लागि जग्गा प्राप्त ऐन २०३४ को दफा ५ बमोजिम सो सडक खण्डको सडक योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाही चलाउनका निम्ति अधिकारी तोक्नका लागि स्विकृति प्रदान पनि गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);