कांग्रेस सांसद सञ्जय गौतमले थाले आमरण अनशन | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

कांग्रेस सांसद सञ्जय गौतमले थाले आमरण अनशन

काठमाडौं, ३१ वैशाख । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले आमरण अनशन सुरु गरेका छन् । गौतमले विकास निर्माणका विभिन्न माग राख्दै अनशन थालेका हुन् ।

पूर्वमन्त्री गौतमले जब्दीघाटको भत्किएको पूल मुनि टेन्ट लगाएर आमरण अनशन सुरु गरेका हुन् । उनी गत निर्वाचनमा बर्दिया–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनले विभिन्न १५ बुंदे मागहरु अघि सारेका छन् । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल बनेर उद्घाटन नहँुदै २०७४ साउन अन्तिम साता भत्किएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);